Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कांग्रेस सभापति देउवाले भने - लोकतन्त्रको विकल्प सुधारसहतिको लोकतन्त्र हो

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालका राजनीतिक दलहरूबीच मेलमिलाप देखेर विदेशीहरू छक्क पर्ने गरेको बताएका छन्।

सोमबार राष्ट्रिय मेलमिलाप दिवसको सन्दर्भमा भएको कार्यक्रममा बोल्दै सभापति देउवाले यस्तो बताएका हुन्।

सभापति देउवाले नेपालका राजनीतिक दलहरूबीच चुनावमा कडा प्रतिस्पर्धा भएपनि भाइचाराको सम्बन्ध उदाहरणीय रहेको बताए। सभापति देउवाले नेपालका दलहरूबीचको सम्बन्ध देखेर विदेशीहरू छक्क पर्ने गरेको सुनाए।

सभापति देउवाले भने,‘बीपी कोइराला सानो देशको ठूलो मानिस हो । धेरै ठूलो आँट र हिम्मत गर्न सक्ने नेता हो । उहाँ राजनीतिमा मात्रै होइन, अरू धेरै कुरामा उहाँ विशिष्ट प्रतिभा भएको व्यक्ति हो । उहाँ ज्यानै जाने वातावरण हुँदा पनि मार्ने भए पनि ठीकै छ भनेर मेलमिलापको नीति लिएर देश फर्किएको व्यक्ति हो, त्यहीकारण हामीलाई यो उच्चसम्मान र श्रद्धाले सम्झिन्छौँ । अहिले पनि हामीभित्र मेलमिलापको भावना कायम छ ।’

सभापति देउवाले बीपी कोइरालाले लिएको मेलमिलापको नीति अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताए ।

सभापति देउवाले दलहरूले वैचारिक र राजनीतिक रूपमा मतभेद र प्रतिस्पर्धा गरे पनि राष्ट्रियता, विकास र आर्थिक समृद्धिका विषयहरूमा भने एकतावद्द हुने अभ्यास गर्नुपर्ने बताए । सभापति देउवाले गणतन्त्रको विकल्प गणतन्त्रमात्रै हुने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077