Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बेरोजगार युवालाई सरकारले नै गोली हानेर हत्या गर्‍यो : राप्रपा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बालकुमारीमा आज प्रहरीको गोली लागेर दुई युवाको ज्यान गएको घटनालाई दुर्भाग्यपूर्ण भनेको छ ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले जारी गरेको विज्ञप्तिमा स्वदेशमा गरी खान पाउने वातावरण नपाएका बेरोजगार युवालाई सरकारले संयमता गुमाएर गोली प्रहार गरेर हत्या गर्नु गम्भीर चिन्ताको विषय भएको उल्लेख गरेका हुन् ।

'कोरियाली भाषा सम्बन्धी ईपीएस परीक्षामा सहभागिताको विषयलाई लिएर ललितपुरको बालकुमारी क्षेत्रमा आन्दोलनमा उत्रिएका युवाहरू लक्षित सरकारको दमन र गोली प्रहारको घटना दुःखद, आपत्तिजनक र दुर्भाग्यपूर्ण छ,' राप्रपाले भनेको छ ।

'ईपीएस कार्यालय अगाडि भएको प्रदर्शनका क्रममा दुई युवाको हत्या गरेर सरकार स्वयंले परिस्थितिलाई उत्तेजित तुल्याएको छ । घटनाको सत्यतथ्य छानबिन गर्न, घाइतेको उपचार गर्न राप्रपा सरकारसँग माग गर्दछ,' विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077