Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मन्त्रीको गाडी जलाइनु अराजकता हो : सञ्चारमन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बालकुमारीमा मन्त्रीको गाडी जलाइनु अराजकता भएको टिप्पणी गरेकी छिन् ।

बिहीबार मन्त्रालयमा मन्त्रिपरिषद्ले गरेका निर्णयहरु सार्वजनिक गर्ने क्रममा बोल्दै मन्त्री शर्माले सो टिप्पणी गरेकी हुन् ।

उनले बालकुमारीस्थित भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडी आन्दोलनकारीहरुबाट जलाइनु अराजकता भएको टिप्पणी गरिन् ।

मन्त्री शर्माले घटनामा मानिसहरुको मृत्यु समेत भएको उल्लेख गर्दै सो घटना गलत र दुःखद् भएको बताइन् । यसप्रकारको अराजकतालाई कसैले पनि प्रश्रय दिनु नहुने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077