Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

हङकङबाट स्वदेश फर्किए राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन आज बिहान स्वदेश फर्किएका छन् । साताव्यापी हङकङ भ्रमण पूरा गरी उनी स्वदेश फर्किएका हुन् ।

पार्टी सम्बद्ध प्रवासी नेपाली एकता समाज हङकङको निमन्त्रणामा समाजको अधिवेशनलाई सम्बोधन गर्न लिङदेन पुस ७ गते हङकङ प्रस्थान गरेका थिए ।

भ्रमणको क्रममा उनले हङकङ र मकाउमा रहेका नेपाली समुदायसँग भेटघाट, छलफल र अन्तरक्रिया गरेका थिए ।

साथै लिङ्देनले नेपाली महावाणिज्यदूत र महावाणिज्यदूत कार्यालयका अधिकारीसँग भेट गरी नेपालीले भोग्नुपरेको समस्या लगायत विविध विषयमा छलफल गरेका थिए ।

अध्यक्ष लिङ्देनको भ्रमण दलमा पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, पानस आइसिसिका अध्यक्ष प्रेमकुमार श्रेष्ठ र केन्द्रीय सदस्य हिक्मतजंग कार्की पनि सहभागि थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077