Online Nepal
  • बुधबार, २ माघ २०८१
  • संघीयता कार्यान्वयन गर्न दृढतापूर्वक उभिनु पर्ने समाजवादी मोर्चाको निष्कर्ष

    संघीयता कार्यान्वयन गर्न दृढतापूर्वक उभिनु पर्ने समाजवादी मोर्चाको निष्कर्ष

    अनलाइन नेपाल
  • बुधबार, ११ पुष २०८०
  • 672
    SHARES

    काठमाडौं । समाजवादी मोर्चाले संघीयता कार्यान्वयनमा सरकार दृढतापूर्वक उभिनु पर्ने निष्कर्ष निकालेको छ ।

    प्रधानमन्त्रीको सरकारी निवासमा बसेको समाजवादी मोर्चाको बैठकले सरकारले संघीयता विरोधी शक्तिहरुलाई निस्तेज पार्दै गएको ठहर गरेको हो।



    समाजवादी मोर्चाले संविधानमा भएका अनुसूचिहरुलाई व्यवस्थित गर्न र अध्यादेश नै ल्याएर भए पनि त्यसलाई कार्वान्वयन गर्न प्रधानमन्त्रीलाई सुझाव दिइएको छ ।

    भ्रष्टाचारको विरोधमा अभियान चलाएर सरकारले इतिहासमै राम्रो काम गरेको बैठकले ठहर गरेको छ। २०८० असार ४ गते नेकपा माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपाका शीर्ष नेताहरुले समाजवादी मोर्चा गठन गरेका थिए ।

    बैठकमा गणतन्त्र, संघीयता र धर्मनिरपेक्षतामाथि बढ्दो रुपमा प्रश्नहरू उठिरहेकोमा नेताहरूले चिन्ता व्यक्त गरेका थिए । यसलाई चिर्नका लागि विभिन्न सहरहरूमा सन्देशमूलक कार्यक्रम लैजाने समझदारी बैठकमा भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार