Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मोर्चाको बैठकपछि विप्लवले भने - सहमति र घेराबन्दीको दोहोरो चरित्र चल्दैन

काठमाडौं । अदालतबाट पक्राउ पूर्जी जारी भए पनि नेकपाका महासचिव नेत्र विक्रम चन्द 'विप्लव'ले सहमति र घेराबन्दीको दोहोरो चरित्र नचल्ने बताएका छन् ।

बुधवार बिहान प्रधानमन्त्रीको सरकारी निवासमा बसेको समाजवादी मोर्चाको बैठकपछि विप्लवले यस्तो बताएका हुन् ।

बालुवाटारबाट बाहिरिँदै विप्लवले अदालतको पूर्जी र सरकारसँग भएको सहमतिका विषयमा ध्यानाकर्षण गराइएको बताए ।

विप्लवले भने, ‘सरकारले सहमति पनि गर्ने घेराबन्दी पनि गर्ने चित्रहरू देखिएका छन् । यो विषयमा साँझ छलफल हुन्छ । आजै साँझ ६ बजे फेरि बैठक बस्छ ।’

विप्लवका अनुसार आजै साँझ ६ बजे फेरि अर्को बैठक पनि बस्ने छ । सो बैठकले यो विषयमा थप छलफल गर्ने उनले बताए ।

उनले सरकारले सहमति र घेराबन्दी गर्ने चित्र देखाएको आरोप उनले लगाए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077