काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले युवालाई स्वदेशमै रोजगारी र सीपमुलक शिक्षा दिनुपर्ने बताएका छन् ।
सरस्वती बहुमुखी क्याम्पसको ६५औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले यस्तो बताएका हुन्।
राष्ट्रपति पौडेलले शिक्षा र रोजगारीका लागि दैनिक हजारौँ संख्यामा विदेशिरहेका नेपालीहरुलाई रोक्न स्वदेशमै रोजगारी र सीपमुलक शिक्षा दिनुपर्ने बताए।
उनले कुनै पनि देशको शिक्षा त्यस देशको सामाजिक, आर्थिक अवस्था र देशको आवश्यकताअनुरुप निर्धारण हुनुपर्ने बताए।
राष्ट्रपति पौडेलले बदलिँदो परिस्थितिमा देश विकासमा टेवा पुर्याउने र विश्व बजारमा पनि प्रतिस्पर्धी हुनसक्ने शिक्षा नीति र कार्यक्रम आजको आवश्यकता भएको बताए।
Leave a Reply