Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रविप्रति दुर्गा प्रसाईंको कटाक्ष – बच्चाले चिनीको भाँडो भेटाएजस्तै गरिरहेका छन् !

काठमाडौं । । मेडिकल व्यवसायी दुर्गा प्रसाईँले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि कटाक्ष गरेका छन् ।

आफ्नै निवास भक्तपुरमा आयोजित पत्रकार सम्मेलनमा प्रसाईंले लामिछानेको सत्तामोहप्रति लक्षित गर्दै बच्चाले चिनीको भाडो भेटाएजस्तै गरिरहेको टिप्पणी गरेका हुन् ।

छोटो समय उपप्रधानमन्त्री बनेका लामिछानेलाई मन्त्रीको लत लागेको उनले टिप्पणी गरे ।

प्रसाईँले भने, ‘बच्चाले चिनीको भाँडो भेटायो भने छाड्दैन नि ! उनी मिसन २०८४ भनिरहेका छन् । यस्तै अवस्था रहे २०८४ मा नेपालमा ३० लाख मान्छे रहन्नन्।’

प्रसाईंले युवा पलायनको कुरा गर्न छाडेर मिसन २०८४ भनिरहेको आरोप लगाए ।

प्रसाईंले लामिछानेको सम्बन्धमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई त्यही बेला केही कुरा सुनाएको खुलाए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077