Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

नेताका कमजोरी देखाएर व्यवस्थामाथि प्रहार भयो, समयमै सचेत रहौं : उपमहासचिव पुन

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले व्यवस्था सञ्चालनका क्रममा विक्रिती र बिसंगती देखिएको स्वीकार गरेका छन् ।

पार्टीको मागमती प्रदेश समिति बैठकलाई मंगलबार राजधानीमा सम्बोधन गर्दै उनले कमजोरी सुधारेर अघि बढ्नुको विकल्प नरहेको बताएका हुन् । उनले नेताहरूका कमजोरीलाई देखाएर व्यवस्थामाथि प्रहार गर्ने प्रयास भइरहेको बताए ।

नेताका कमजोरी औंल्याएर व्यवस्था परिवर्तन सम्भव नरहेको उनको भनाई छ । ‘नेताका कमजोरी पार्टीका कमजोरी हुन सक्दैन। पार्टीको कमजोरी व्यवस्थाको कमजोरी हुन सक्दैन,' उनले भने ।

उनले परिवर्तनविरोधीले परिवर्तनका पिलरहरूमध्ये केही भत्काउन खोज्दा भ्रमबस नागरिकले समर्थन जनाए बाँकी पनि संकटमा पर्नेबारे समयमै सचेत हुनुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077