Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एनसेल बिक्रीविरुद्ध सांसद सिंहको रिट न्यायाधीश सुवेदीको इजलासमा

काठमाडौं। दूरसञ्चार सेवा प्रदायक एनसेलको सेयर बिक्रीविरुद्ध सांसद अमरेशकुमार सिंहले सर्वोच्च अदालतमा दर्ता गराएको रिट निवेदनमाथि सुनुवाइका लागि आज पेसी तोकिएको छ ।

सांसद सिंहले दायर गरेको रिट निवेदन सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदीको एकल इजलासमा सुनुवाइ रहेको हो । यसअघि मङ्सिर २६ गते उक्त रिट हेर्न नभ्याउनेमा परेको थियो ।

त्यतिबेला सो रिट अदालतका न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको इजलासमा परेको थियो। सांसद सिंहले रिट निवेदनमा नेपालको कानुनी प्रक्रिया छलेर राज्यलाई हानि पुग्ने गरी अपारदर्शी तवरमा एनसेलको सेयर खरिद–बिक्री भएको दाबी गरेका छन् ।

उनले सेयर खरिदबिक्रीको कारोबारलाई मान्यता नदिन पनि माग गरेका छन् ।

सिंहले मङ्सिर २२ गते शुक्रबार दायर गरेको रिटमा एनसेल आजियटाको नेपालस्थित कार्यालय, नेपाल दूरसञ्चार प्राधिकरण, कम्पनी रजिस्ट्रारको कार्यालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र आन्तरिक राजश्व विभाग मातहतको ठुला करदाता कार्यालयलाई विपक्षी बनाएका छन् ।

यसअघि मङ्सिर २४ गते आइतबार र मङ्सिर २५ गते सोमबारको पेसीमा पनि सिंहको रिट हेर्न नभ्याउनेमा परेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077