Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भ्रष्टाचारका हरेक काण्डमा दलका नेताहरुको संलग्नता छ : राजेन्द्र लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले भ्रष्टाचारका हरेक काण्डमा दलका नेताहरुको संलग्नता देखिनु दुर्भाग्यपूर्ण भएको बताएका छन् ।

धुम्बाराहीस्थित एसआर बैंक्वेटमा आइतवार अपरान्ह जारी केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै अध्यक्ष लिङ्देनले यस्तो बताएका हुन् ।

उनले भ्रष्टाचारका हरेक काण्डमा दलका नेताहरूको संलग्नता देखिनुले राजनीतिप्रति वितृष्णा पैदा गर्दै गएको भन्दै चिन्तासमेत व्यक्त गरे ।

अध्यक्ष लिङ्देनले सत्तापक्ष र प्रतिपक्ष समेत मिलेमतोमा कमाऊ धन्दामा लाग्नु दुर्भाग्यपूर्ण रहेको उल्लेख गर्दै भ्रष्टाचारका हरेक काण्डमा दलका नेताहरुको संलग्नता देखिनुले राजनीतिप्रति वितृष्णा पैदा गरेको जिकिर गरे ।

दलहरुको गलत मार्गचित्रका कारण देश गलत बाटोतर्फ हिँडिरहेको उनले बताए। बैठकको प्रारम्भमा अध्यक्ष लिङ्देनले समसामयिक राजनीतिक परिस्थिति, रणनीति र भावी कार्यदिशा विषयमा ब्रिफिङ गरेका छन् ।

सो अवसरमा उनले राप्रपाले सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताउँदै सत्ताकेन्द्रित नहुने स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077