Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राप्रपा अध्यक्ष लिङदेनको प्रश्न- अहिले नेता कुट्ने अवस्था कसले बनायो ?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले अहिले देशभरि नेता कुट्ने चलन चलिराखेको बताएका छन् ।

युवा संगठन काभ्रेको जिल्ला अधिवेशनमा सम्बोधन गर्दै राप्रपा अध्यक्ष लिङ्देनले यस्तो बताएका हुन् ।

अध्यक्ष लिङ्देनले भने,‘देशभरि नेता कुट्ने चलन चलिराखेको छ । यो राम्रो कुरा होइन । यस्तो कुराको राष्ट्रिय प्रजातन्त्र पार्टीले विरोध र आलोचना गर्छ । तर, नेता देख्यो कि कुटिहाल्ने अवस्था कसले बनायो ?’

अध्यक्ष लिङ्देनले यस्तो अवस्था कसले बनाएको भनि प्रश्न गरेका छन् । युवा संगठन काभ्रेको जिल्ला अधिवेशनमा सम्बोधन गर्दै राप्रपा अध्यक्ष लिङ्देनले देशभरि नेता कुट्ने चलन चलिराखेको बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077