Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

तीनजना सवार मोटरसाइकल दुर्घटना : दुईको मृत्यु, एक गम्भीर घाइते

धनुषा । धनुषामा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने एक घाइते छन् ।

शुक्रबार बिहान ३ बजे जनकपुरधामबाट ढल्केवर तर्फ जाँदै गरेको प्रदेश २–०२–००२ प ४०९२ नम्बरको मोरसाईकल लक्ष्मीनिया गाउँपालिका ४ स्थित सपहीमा मोटरसाइकल दुर्घटना भएको हो ।

धनुषाका प्रहरीका अनुसार मृत्यु हुनेमा विदेह नगरपालिका १ का ३० वर्षीय जयकुमार सहनी र कमला नगरपालिका ८ का २५ वर्षीय भरत सहनीको मृत्यु भएको हो ।

मोटरसाइकलमै सवार जनकपुरधाम उपमहानगरपालिका १२ का शत्रुधन सहनी गम्भीर घाइते छन् । उनलाई थप उपचारका लागि काठमाडौंको न्यूरो अस्पताल ल्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077