Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

शेखर कोइराला समूहको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसका संस्थापन इतर समूहका नेता शेखर कोइरालाले आज आफ्नो पक्षको बैठक राखेका छन् ।

राष्ट्रिय सभा सदस्यको निर्वाचनसहित महत्त्वपूर्ण विषयहरूमा छलफल गर्न सभापति शेरबहादुर देउवाले पार्टीको कार्यसम्पादन समितिको बैठक बोलाएपछि नेता कोइरालाले त्यसबारे तयारी गर्न आफ्नो समूहको अलग्गै बैठक बोलाएका हुन्।

पार्टीको कार्यसम्पादन समितिको बैठक मंसिर २९ गते शुक्रबार बस्दैछ । त्यसअघि पार्टी र राष्ट्रिय महत्त्वका विषयहरूमा धारणा बनाउन कोइरालाले आफ्नो समूहका नेताहरूसँग छलफल गर्न लागेका हुन् ।

बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा बुधबार दिउँसो १ बजेपछि इतर समूहको बैठक बस्ने कोइरालानिकट सा्रेतले बतायो ।

बैठकमा राष्ट्रिय सभा सदस्यको निर्वाचन, महासमिति बैठकको तयारी, जाजरकोट भूकम्पपछिको पुनर्निर्माण र पार्टीभित्रका आन्तरिक संरचनाहरूको गठनका विषयमा छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077