Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

दूरसञ्चार प्राधिकरणसँग अध्ययन समितिले माग्यो एनसेल बिक्रीसम्बन्धी कागजात

काठमाडौं । एनसेलको शेयर खरिद बिक्रीबारे अध्ययन गर्न सरकारले गठन गरेको समितिले नेपाल दूरसञ्चार प्राधिकरणसँग केही कागजात मागेको छ । समितिले विभिन्न सरोकारवाला र विज्ञहरुसँग छलफल गरी कागजात माग गरेको हो ।

एनसेलको ८० प्रतिशत शेयर ओगट्ने कम्पनीको खरिद बिक्रीपूर्व आजियटाले प्राधिकरणबाट कुनै अनुमति लिएको थियो कि थिएन ? पूर्वजानकारी भयो कि भएन भनेर सोधिएको अध्ययन समितिले जनाएको छ ।

त्यसका साथसाथै पटकपटकको खरिदबिक्रीको पूर्वजानकारी, विदेशी मुद्रा सटहीका लागि दिएको स्वीकृति लगायतका विषयमा समेत सोधिएको बताइएको छ ।

एनसेलमा ८० प्रतिशत हिस्सो शेयर ओगट्ने रेनोल्ड होल्डिङ्स नामक सेन्ट किट्समा दर्ता भएको कम्पनीको स्वामित्व हालै मलेसियाको आजियटाले गैरआवासीय नेपाली सतीशलाल आचार्यको स्पेक्ट्रलाइट युकेलाई बेचेको थियो ।

मङ्सिर २१ गतेको मन्त्रिपरिषद् बैठकले समिति गठन गर्दै एनसेलको शेयर खरिद–बिक्री सम्बन्धमा छानबिन गर्दै ३० दिनभित्र प्रतिवेदन पेस गर्ने कार्यादेश दिएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077