Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेप्सेको अध्यक्षमा शोभाकान्त पौडेल

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को अध्यक्षको जिम्मेवारी शोभाकान्त पौडेलले पाएका छन् ।

अर्थ मन्त्रालयले नेप्सेका वर्तमान अध्यक्ष भूपराज बरालको ठाउँमा पौडेललाई अध्यक्षको जिम्मेवारी दिएको हो ।

वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाका प्रमुख बराललाई भने मन्त्रालयले फिर्ता बोलाएको छ ।

बरालले गत असार ३ गतेदेखि नेप्सेको अध्यक्षको जिम्मेवारी सम्हालिरहेका थिए ।

पौडेल यसभन्दा पहिले धितोपत्र बोर्डको अध्यक्ष, नेपाल पुनर्बीमा कम्पनीको अध्यक्ष, र तत्कालीन बीमा समितिको सञ्चालक समिति सदस्य भएर काम गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077