Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एनसेल सेयर खरिद-बिक्रीबारे छानविन समितिले सुरु गर्‍यो काम

काठमाडौं । सरकारले गठन गरेको एनसेलको शेयर खरिद–बिक्री अध्ययन तथा छानबिन समितिले काम थालेको छ । मंसिर २१ गते मन्त्रिपरिषद्को निर्णयअनुसार ३० दिनभित्र प्रतिवेदन पेस गर्नेगरी समितिले काम सुरु गरेको हो ।

समिति संयोजक टंकमणि शर्मा दंगालले अध्ययन तथा छानविनको क्रममा सम्बन्धित विषय क्षेत्रका नियामक निकायहरू, सरकारी अधिकारीहरू, सम्बन्धित सेवा प्रदायह कम्पनीहरुसंग छलफल गर्ने बताएका छन् ।

‘एनसेलको सेयर खरिद बिक्रीसँग सम्बन्धित तथ्यपरक जानकारी, सूचना वा यससँग सम्बन्धित प्रमाणहरूमा भएका समितिको आधिकारिक इमेल ठेगानामा वा समितिको सचिवालयमा उपलब्ध गराई सहयोग गर्न आह्वान गर्दछ,’ शर्माले विज्ञप्ती जारी गर्दै उल्लेख गरेका छन् ।

मङ्सिर २१ गतेको मन्त्रिपरिषद् बैठकले समिति गठन गर्दै एनसेलको शेयर खरिद–बिक्री सम्बन्धमा छानबिन गर्दै ३० दिनभित्र प्रतिवेदन पेस गर्ने कार्यादेश दिएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077