Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुबिसु इन्टरनेटका हजारौं ग्राहकको डाटा चोरी , कम्पनीको चरम लापरबाही

काठमाडौं । कम्पनीको चरम लापरबाहीका कारण सुबिसु इन्टरनेटका हजारौं ग्राहकको डाटा चोरी भएको छ ।

कम्पनीको वेभसाइटबाटै मोबाइल नम्बरसहितको डाटा चोरी भएको हो ।

यसरी डाटा चोरी गर्ने रिषभ घिसिङलाई प्रहरीले पक्राउ गरी साइबर अपराध मुद्दा चलाएको छ । अनुसन्धानको क्रममा कम्तीमा ४६ हजार २ सय ७१ ग्राहकको विस्तृत विवरण चोरी भएको पुष्टि भएको छ ।

पक्राउ परेका घिसिङले अपराध स्वीकार गरेका छन् । उनले सुबिसु कम्पनीकै कमजोर प्रणालीका कारण आफुले डाटा चोरी गरेको बताएका छन् ।

सुरुमा वेभसाइट कमजोर छ भनेर कम्पनीलाई जानकारी गराएको र त्यसको मतलब नगरेपछि डाटा सामाजिक सञ्जालमा हालिदिएको उनले बयान दिएका छन् ।

यो घटनाले सुबिसीका सबै ग्राहकको व्यक्तिगत विवरण अनधिृकत व्यक्तिको हातमा पुगेको पुष्टि भएको छ । वेभसाइटको सुरक्षामा ध्यान नदिदा यस्तो अवस्था आएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077