Jun 12 2026 | २०८३, जेठ २९ गते

12 Jun 2026 | शुक्रवार, जेठ २९ गते २०८३

शुक्रवार, जेठ २९ गते २०८३
images
images

एनसेल प्रकरणमा ठूलो आर्थिक चलखेल भयो, बदमाशी पुष्टि हुने आधार सरकारसँग छ : वर्षमान पुन

काठमाडौं । माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन 'अनन्त'ले एनसेल खरिद–बिक्री प्रकरणमा ठूलो आर्थिक लेनदेन भएको दाबी गरेका छन् ।

शुक्रबार राजधानीमा आयोजित पार्टी सम्बद्ध औद्योगिक मजदुर शाखाको प्रशिक्षण कार्यक्रममा पुनले यस्तो दाबी गरेका हुन् ।

उनले एनसेल प्रकरणमा राज्यलाई प्रत्यक्ष हानी पुग्ने गरी ठूलो आर्थिक चलखेल भएको बताए ।

सरकारद्वारा गठिन उच्चस्तरीय छानबिन समितिले अध्ययन गरिरहेकाले सबै विषय अहिल्यै बाहिर ल्याउने नमिल्ने भन्दै बदमाशी पुष्टि हुने आधार सरकारसँग रहेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077