Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन् । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहान ९ बजे बस्न लागेको हो ।

बैठकमा एनसेल शेयर खरिद बिक्री र समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ । एनसेलले शंकास्पदरुपमा शेयर खरिद बिक्री गरेको भन्दै सर्वत्र आलोचना र बहस भइरहेको छ ।

आजियाटा समूहले तीन दिनअघि मात्र एनसेलमा रहेको आफ्नो ८० प्रतिशत सेयर बिक्री गरेर बाहिरिने निर्णय गरेको थियो ।

नेपाल दूरसञ्चार प्राधिकरणको स्वीकृति नलिई र नियामकलाई जानकारीसमेत नगराई अस्वाभाविक प्रावधान र मूल्यमा भएको देखिने एनसेलको कारोबारका सम्बन्धमा अध्ययन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यसअघि नै छानविन गर्न निर्देशन दिइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077