Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आगलागीमा घाइते भएकालाई थप उपचारका लागि काठमाडौँ ल्याइयो

काठमाडौँ । विराटनगरको सातघुम्तीमा रहेको एक कबाडी गोदाममा बुधबार दिउँसो आगलागीमा घाइते भएका चार जनालाई नेपाली सेनाको स्काइ ट्रक मार्फत थप उपचारका लागि काठमाडौँ ल्याइएको छ ।

उनीहरूलाई उपचारका लागि कीर्तिपुर वर्न सेन्टर पुर्‍याइएको हो । उक्त आगलागीमा २ जनाको मृत्यु भइसकेको छ भने दुई जना गम्भीर घाइते छन् ।

मोरङ प्रहरीका अनुसार विराटनगर महानगरपालिका-७ की ५५ वर्षीया रिता सरदार, वडा ६ की ६० वर्षीया सुशीला पासवान, ५८ वर्षीय किशोर पासवान र ३० वर्षीया पिंकी कामत घाइते छन् । उनीहरू चार जनालाई नै थप उपचारका लागि काठमाडौँ ल्याएको हो ।

घाइतेमध्ये रिता र सुशीलाको अवस्था गम्भीर छ । आगलागीमा विराटनगर-७ का ३० वर्षीय दीपक मण्डल र पहिचान नखुलेका थप एक गरी दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077