Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

हमासले इजरायलमाथि आक्रमणका क्रममा महिलालाई बलात्कार गरेको खुलासा

एजेन्सी । गत अक्टोबर ७ मा हमासले इजरायलमाथि आक्रमण गर्ने क्रममा माहिलालाई बलात्कार तथा यौन हिंसा गरेको खुलासा भएको छ ।

आक्रमणमा मारिएका व्यक्तिहरुको शव संकलनका काममा संलग्न व्यक्तिहरुको बयानका आधारमा हमासको यो कर्तुत उजागर भएको हो ।

सोही दिन इजरायलको नोभा संगीत समारोहमा उपस्थित महिलालाई हमासका लडाकुहरुले सामुहिक बलात्कार गर्नुका साथै केहीलाई अंगभंग र यौन हिंसा गरेको खुलासा भएको हो ।

आक्रमणका दिन खिचिएको दृश्यमा रगतले लतपतिएका महिलाका नांगो शरीर र अंगभंग गरिएको देखिएको छ । प्रहरीले इजरायलका सञ्चारकर्मीहरुलाई एक इजरायली महिलाको भिडियो सार्वजनिक समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077