Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • नेकपाका महासचिव विप्लवसहित चार नेताविरुद्ध पक्राउ पुर्जी

    नेकपाका महासचिव विप्लवसहित चार नेताविरुद्ध पक्राउ पुर्जी

    अनलाइन नेपाल
  • सोमबार, १८ मंसिर २०८०
  • 1.5K
    SHARES

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’सहित चार जना नेताविरुद्ध पक्राउ पूर्जी जारी भएको छ ।

    जिल्ला अदालत काठमाडौंले विप्लवसहित उच्च नेताहरू विरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।



    पक्राउ पुर्जी हुनेमा नेकपाका महासचिव विप्लव, पोलिटब्यूरो सदस्य खड्गबहादुर विश्वकर्मा, माइला लामा, अखिल नेपाल किसान महासंघका अध्यक्ष राजु कार्की रहेका छन् ।



    सरकारले दर्ता गरेको राज्यविरुद्धको कसुरका दुई मुद्दामा उनीहरुलाई ३५ दिनभित्र अदालतमा उपस्थित हुन भनिएको छ । उनीहरू विरुद्ध जिल्ला अदालत काठमाडौंमा २०७६ असोज ९ गते राज्यविरुद्धको कसुर मुद्दा दायर भएको थियो ।

    २०८० साल मङ्सिर १० गतेको आदेश अनुसार मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को ५८ (१३) ३५ दिनको पक्राउ पुर्जी जारी गरिएको अदालतको सूचनामा उल्लेख छ ।

    त्यस्तै राज्यविरुद्धको कसुरको अर्को मुद्दामा माइला लामा र विप्लवविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार