Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राष्ट्रसंघको मन्त्रीस्तरीय सम्मेलनमा भाग लिन रक्षामन्त्री खड्का घाना प्रस्थान

काठमाडौं । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का घाना प्रस्थान गरेका छन् । अन्तर्राष्ट्रिय शान्ति स्थापनासम्बन्धी संयुक्त राष्ट्रसंघको मन्त्रीस्तरीय सम्मेलनमा भाग लिन उनी गएराति त्यसतर्फ प्रस्थान गरेका हुन् ।

संयुक्त राष्ट्रसंघले प्रत्येक वर्ष आयोजना गर्ने सम्मेलन यो पटक अफ्रिकी राष्ट्र घानाको राजधानी आक्रामा यही मङ्सिर १९ र २० गते हुँदैछ। सम्मेलनमा नेपालका तर्फबाट उपप्रधानमन्त्री एवं रक्षामन्त्री खड्काले नेपाली प्रतिनिधिमण्डलको नेतृत्वको गर्नेछन्।

सम्मेलनमा अन्तर्राष्ट्रिय शान्ति स्थापनामा योगदान गर्ने सदस्य राष्ट्रका तर्फबाट राष्ट्रसंघ शान्ति स्थापनालाई सहयोग पुर्‍याउन सक्ने विभिन्न नौ क्षेत्रका प्रतिबद्धता प्रस्तुत गरिनुका साथै शान्ति स्थापनासम्बन्धी समस्या तथा चुनौती र तिनको समाधानबारे प्रस्तुति र छलफल हुने जनाइएको छ।

उपप्रधानमन्त्री खड्काले नेपालका तर्फबाट सम्बोधन गर्नुका साथै प्रतिबद्धता पनि व्यक्त गर्नेछन्। नेपाली टोलीका अन्य सदस्यले विभिन्न कार्यक्रममा भाग लिनेछन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077