Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गाजामा थप २४० जनाको मृत्यु भएको हमासको दाबी

गाजापट्टी । गाजापट्टीमा रहेको हमास सरकारले प्यालेस्टाइन क्षेत्रमा शुक्रबार भएको लडाइँमा २४० जनाको मृत्यु भएको शनिबार जनाएको छ ।

“गाजापट्टीमा जताततै सयौँ हवाई आक्रमण, तोपखाना र नौसेनाको बमबारी भएको छ । थप ६५० जना घाइते भएका छन्,” सरकारको विज्ञप्तिमा भनिएको छ ।

इजरायली सेनाले विशेष गरी खान युनिसलाई लक्षित गर्द दर्जनौँ घरहरू ध्वस्त पारेको छ ।

गाजा क्षेत्रमा युद्धविराम सकिएलगत्तै आक्रमणलाई तीव्र पारिएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077