Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गगन थापाको प्रस्ताव - उच्च ओहोदामा बसेका सबैको सम्पत्ति छानबिन गर्ने कानुन बनाऔँ

बुटवल । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले २०४६ सालपछि उच्च ओहोदामा बसेका सबैको सम्पत्ति छानबिन गर्नुपर्ने बताएका छन् ।

नेपाली कांग्रेसको पहिलो लुम्बिनी प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै उनले सम्पत्ति छानबिन गर्न कानुन बनाउन प्रस्ताव गरेका हुन् ।

उनले छानबिन गर्दा अनियमित तरिकाले कमाएको भेटिए सम्पत्ति जफत गर्ने कानुन बनाउनुपर्ने बताए । उच्च ओहोदामा बसेर अख्तियारको दुरुपयोग गरेर अकुत कमाएकाहरूको सम्पत्ति छानबिन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउनुपर्ने उनको भनाई छ ।

यस्तै प्रदेश सरकार महंगो भएको र ठीक ढंगले काम नगरेको जनस्तरमा गुनासो आएको महामन्त्री थापाले बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077