Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ऋणमुक्त बन्यो नेपाल आयल निगम

काठमाडौं । नेपाल आयल निगम ऋणमुक्त भएको छ । नेपाल आयल निगमले सरकारलाई तिर्नुपर्ने सात अर्ब रुपियाँ ऋण मङ्गलबार चुक्ता गरेसँगै निगम ऋणमुक्त भएको हो ।

निगमले इन्धनको आपूर्ति सहज बनाउन सरकारबाट लिएको सात अर्ब ऋणमध्ये अन्तिम किस्ता ७० करोड अर्थ मन्त्रालय अन्तर्गतको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयमा भुक्तानी गरेको नेपाल आयल निगमले जनाएको छ ।

प्रवक्ता मनोजकुमार ठाकुरका अनुसार निगमले नेपाल सरकारलाई तिर्नुपर्ने अन्तिम किस्ता बापतको ७० करोड तिरेको छ ।

कच्चा र प्रशोधित तेलको मूल्य बढ्दा निगम २०७७ पुसदेखि नोक्सानीमा जान थालेको थियो । मूल्य बढ्दै जाँदा एकै वर्षमा निगम करिब ५० अर्ब घाटा बेहोरेको थियो ।

त्यसयता भारतीय आयल निगमबाट इन्धन खरिद गर्दा समेत करिब ३३ अर्ब बक्यौता रहेको थियो । वाणिज्य बैङ्कसँग तीन अर्ब र सरकारसँग सात अर्ब ऋण लिएकोमा मङ्गलबार ब्याजसहित सबै चुक्ता गरेको निगमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077