Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

सरकारलाई कांग्रेसले भन्यो - भूकम्प पीडितलाई एकमुष्ट ५० हजार दिनू

काठमाडौं । नेपाली कांग्रेसले भूकम्पपीडितलाई अस्थायी आवसका लागि उपलब्ध गराउने ५० हजार रुपैयाँ तत्काल पीडितको हातमा पु¥याउन सरकारको ध्यानाकर्षण गराएको छ ।

सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले भूकम्प पीडितलाई किस्ताबन्दीमा ५० हजार दिने निर्णयप्रति आपत्ति जनाउँदै सरकारलाई सो ध्यानाकर्षण गराएको हो ।

भूकम्पपीडितले अस्थायी आवास निर्माणका लागि पाउने ५० हजार रुपैयाँ पुग्न ढिलाइ हुँदा पीडितहरु थप पीडित हुनुपरेको कांग्रेसले निष्कर्ष निकालेको छ ।

पार्टीको प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले सरकारले निकासा गरेको ५० हजार रुपैयाँ अझै पीडित पाउन नसकेको बताए । यस्तै पछिल्लो समयमा देशमा भइरहेको गणतन्त्रविरोधी प्रदर्शनहरूबारे पनि बैठकमा छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077