Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

काठमाडौं महानगरभित्र मंसिर २७ देखि सूर्तीजन्य पदार्थ बेच्न रोक

काठमाडौं । काठमाडौं महानगरपालिकाले सुर्तीजन्य पदार्थ बिक्री वितरणमा प्रतिबन्ध लगाएको छ ।

महानगरले मंगलवार एक विज्ञप्ति जारी गर्दै प्लाष्टिकमा प्याकेजिङ्ग गरिएका खैनी, गुट्खा, पानपराग वा यस्तै प्रकृतिका मुखमा राख्ने रस लिने वा सेवन गर्ने सुर्तीजन्य पदार्थहरूको बिक्री वितरणमा रोक लगाएको हो ।

सूचना प्रकाशित भएको मितिले १५ दिनपछि काठमाडौं महानगरपालिका क्षेत्र भित्र सार्वजनिक स्थानमा सुर्तीजन्य पदार्थ बिक्री वितरणमा पूर्ण रुपमा प्रतिबन्ध लगाइने महानगरले जनाएको छ ।

सूचनालाई अवज्ञा गरी बिक्री वितरण गरेको पाइएमा सामान जफत गरिनुका साथै कानूनअनुसार कारबाही गर्ने महानगरले चेतावनी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077