Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आन्दोलन गर्न हिँडेका दुर्गा प्रसाईंलाई प्रहरीले पेप्सिकोलाबाट फिर्ता पठायो

काठमाडौं । गौशालामा हुन लागेको प्रदर्शनमा आउन लागेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले फिर्ता पठाएको छ ।

गौशाला आउन कार्यकर्तासहित हिँडेका प्रसाईंलाई प्रहरीले पेप्सीकोलामा रोकेर फिर्ता पठाएको हो ।

गौशालामा दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ले आजपनि प्रदर्शनको आयोजना गरेको छ ।

सोमबार गौशालामा झडप भएपछि प्रहरीले सुनसरी घर भएका धर्मगुरु श्रीनिवास आचार्य सहित १५ जनालाई पक्राउ गरेको थियो ।

पक्राउ पर्नेमा प्रसाईंका स्वकीय सचिव बिनञ्जय थापा पनि छन् । प्रसाईं आफ्ना कार्यकर्ता र समर्थकसहित तीनवटा गाडीमा ठिमीस्थित घरबाट हिँडेका थिए ।

पेप्सीकोलातिरको बाटोबाट आउँदै गर्दा मनोहरा पुलमा उनलाई प्रहरीले रोकेको हो ।

त्यहाँ केहीबेर बादविवाद भएको थियो । तर, प्रहरीले अगाडि जान निषेध गरिएको बताएपछि तीनवटै गाडी फर्काइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077