Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

उर्लाबारी आगलागी अपडेट : मृतकको संख्या पाँच पुग्यो

मोरङ । मोरङको उर्लाबारीमा लक्ष्मी पूजाको रात आगलागी नियन्त्रणका क्रममा घाइते भएका मध्ये पाँच जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार सोमबार राति साढे ११ बजे काठमाडौंस्थित बर्न अस्पतालमा उपचाररत ४३ वर्षिय रामनरेश मरिताको मृत्यु भएको हो ।

मधेश प्रदेशको धनुषास्थित जानकीनन्दनी गाँउपालिका घरभएका मरिता आगलागि नियन्त्रणका क्रममा गंभीर घाइते भएका थिए । उर्लाबारी नगरपालिकाको बरगाछीमा रहेको सुनचादीको पसलमा आगलागी भएको थियो ।

सोही क्रममा घाइते भएर उपचारका लागि काठमाडौ पुराएका मध्ये आगलागि भएको घरधनिका मालिक ६८ वर्षीय रुकुमबहादुर कार्की, ४९ वर्षीय हेमकुमार दाहाल, ४२ वर्षीय कुमार तामाङ र ४३ वर्षीय तपन पण्डितको उपचारकै क्रममा मृत्यु भइसकेको मोरङ प्रहरीले जनाएको छ ।

आगलागी नियन्त्रणका क्रममा ४ प्रहरी र २४ स्थानीय गरेर २८ जना घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077