Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

दमकल र स्थानीयवासीको सहयोगमा धुलिखेलमा लागेको आगो नियन्त्रणमा

काभ्रे । आज बिहान काभ्रेको धुलिखेलमा सुरु भएको आगलागी नियन्त्रणमा आएको छ ।

धुलिखेल नगरपालिका-११ बाँनियाछाप बस्ने बलराम धिमालको घरमा बिहान चार बजेदेखि सुरु भएको आगलागी बिहान ६ बजेर ५० मिनेट जाँदा पूर्णरुपमा नियन्त्रणमा आएको हो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार आगलागीबाट ढुंगानाका ढुंगा, माटो र जस्ताले छाएको ३ तल्ले घर र एउटा गाईबस्तु बाँध्ने गोठ पूर्णरुपमा जलेर नष्ट भएको छ।

धुलिखेल नगरपालिकाको दमकल र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । आगलागीको कारण खुल्न सकेको छैन् । क्षतिको विवरण आउन बाँकी रहेको काभ्रे प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077