Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

कांग्रेस केन्द्रीय लेखा समितिको सदस्यमा चारजना मनोनीत

काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसले केन्द्रीय लेखा समितिको सदस्यमा चार जनालाई मनोनीत गरेको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टी केन्द्रीय कार्यसमितिका सदस्य श्यामकुमार घिमिरेको संयोजकत्वमा रहेको समितिको सदस्यमा आज चार जनालाई मनोनीत गरेका हुन् ।

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार दिलीप ढुङ्गाना (धनुषा), डा डेविड बस्याल (अर्घाखाँची), रमेश नेपाल (मकवानपुर) र अनन्त कार्की (सिन्धुली) लाई लेखा समितिको सदस्यमा मनोनयन गरिएको छ ।

नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा, ३९ तथा नेपाली कांग्रेसको नियमावली २०७६ को नियम ३४ (१) को व्यवस्था बमोजिमको कार्य गर्नेगरी चार जनालाई सदस्यमा मनोनयन गरेको मुख्यसचिव पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077