Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रहरी क्यान्टिनको मिनरल वाटरमा भेटियो कीरा, महानगरले तिरायो १ लाख जरिवाना

काठमाडौं । पानीमा किरा भेटिएपछि काठमाडौं महानगरपालिकाले उत्पादक कम्पनी एएण्डबी वेभरेज प्रालिलाई १ लाख रुपैयाँ जरिवाना तिराएको छ ।

नेपाल प्रहरी वृत्त महाराजगञ्जको क्यान्टिनमा बिक्रीका लागि राखिएको मिनिरल वाटरको बोतलमा किरा भेटिएपछि महानगरले कम्पनीलाई जरिवाना तिराएको हो ।

क्यान्टिनमा बिक्रीका लागि राखिएको मिनिरल वाटरको बोत्तलमा किरा भेटिएपछि प्रहरीले आइतबार सो कम्पनीविरूद्ध काठमाडौं महानगरमा उजुरी दिएको थियो ।

कागेश्वरी मनोहरा नगरपालिका–६ को ठेगाना रहेको एएण्डबी वेभरेज प्रालिलाई महानगरले अब अर्कोपटक सोही अवस्था फेला परेमा कडा कारबाही गर्ने चेतावनी समेत दिएको छ ।

यस्तै पानी बोत्तलमा भर्नु अगाडि बोत्तल अनिवार्य रुपमा निर्मलीकरण गर्नुपर्ने, समय समयमा पानीको ल्याब परीक्षण गर्नुपर्ने निर्देशन महानगरले दिएको छ । प्रालिलाई महानगरले ढुवानी कर्तालाई पनि निर्देशन उपलब्ध गराउन भनेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077