Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सप्तरीबाट पेस्तोल र दुई राउन्ड गोली बरामद

सप्तरी । सशस्त्र प्रहरीले सप्तरीमा एक थान पेस्तोल र दुई राउन्ड गोली बरामद गरेको छ ।

भारतसँग जोडिएको सप्तरीको पश्चिम नाकाबाट सशस्त्र प्रहरीले एक थान पेस्तोल र दुई राउन्ड गोली बरामद गरेको हो।

सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट बेल्हीबाट खटिएको पाँच जनाको पैदल गस्ती टोलीलाई देखेपछि नम्बर नखुलेको मोटरसाइकलमा सवार दुई जनाले कपडाको पोका फालेर भारततर्फ भागेको थियो ।

उक्त कपडाको पोका खोली चेक गर्दा एक थान पेस्तोल र दुई राउन्ड गोली बरामद भएको सशस्त्र प्रहरी बल गण नम्बर.६ ले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077