Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

हमासले रेडक्रसलाई हस्तान्तरण गर्‍यो बन्धकको तेस्रो समूह, १३ जना रिहा

काठमाडौं । हमासले बन्धकको तेस्रो समूह रेडक्रसलाई बुझाएको छ ।

आइतबार विज्ञप्ति जारी गरी गाजास्थित हमासको अल–कासम ब्रिगेड्सले इजरायली र विदेशी बन्धकको तेस्रो समूह रेडक्रसलाई बुझाएको जानकारी दिएको हो ।

अस्थायी युद्धविरामको लागि मध्यस्थता गरेको कतारले तेस्रो समूहमा सात विदेशी नागरिक समेत १३ जना रिहा हुने बताएको थियो।

यसअघि इजरायली डिफेन्स फोर्सेज (आइडीएफ) ले आफ्नो एक्स ९ट्वीटर० अकाउन्टमार्फत दिएको जानकारीमा बन्धकको दोस्रो समूहका १७ जनालाई रेडक्रसको जिम्मा लगाएको पुष्टि गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077