Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

काठमाडौं महानगरद्धारा चार महिनामै दुई अर्बभन्दा धेरै राजस्व संकलन

काठमाडौं । काठमाडौं महानगरपालिकाले पहिलो चौमासिकमा दुई अर्बभन्दा धेरै राजस्व संकलन गरेको छ ।

महानगरपालिकाले साउन, भदौ, असोज र कार्तिक गरी चार महिनामा २ अर्ब ९२ लाख ९६ हजार ९ हजार ७२९ रुपैयाँ राजस्व संकलन गरेको हो ।

महानगरपालिकाको वार्षिक लक्ष्य १० अर्ब ८० करोड छ । लक्ष्यको अनुपातमा तुलना गरेर हेर्दा राजस्व संकलनमा महानगरपालिकाको प्रगति उत्साहजनक रहेको छ ।

महानगरपालिकाले पहिलो चौमासिकमा ४१ करोड ८६ लाख ९३ हजार ५५४ रुपैयाँ सम्पत्ति कर उठाएको छ भने घरबहाल कर ८१ करोड ९२ लाख ५१ हजार ८३७ रुपैयाँ संकलन गरेको छ ।

त्यस्तै, घरजग्गा रजिष्ट्रेसनमा १० करोड ९२ लाख, पर्यटन शुल्कबाट ५ करोड ९१ लाख र महानगरमा जफत भएका सामाग्रीहरुको लिलामी विक्रीबाट ५० लाख ९६ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077