Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

दुर्गा प्रसाईँको कार्यक्रमस्थल सिफलमा प्रहरी परिचालन

काठमाडौं । राजतन्त्रको पक्षमा उपत्यकामा आन्दोलनरत मेडिकल व्यवसायी दुर्गा प्रसाईँले तेस्रो दिनको आन्दोलन काठमाडौंको गौशाला नजिक सिफल चौरमा गर्दै छन् ।

कार्यक्रम स्थलमा बाक्लो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ । सिफल क्षेत्रका घरका कौसी, छतमा सशस्त्र प्रहरी बसेका छन् । शुक्रवार तीनकुनेमा प्रदर्शन गर्ने तयारी भइरहेका बेला प्रहरीले रोकेको थियो ।

आज काठमाडौंको सिफलमा प्रदर्शनको तयारी प्रसाईँ समूहले गरेको थियो । कार्यक्रम स्थल आसपासको क्षेत्रमा बाक्लो सङ्ख्यामा प्रहरी परिचालन गरिएको छ भने अनुसन्धानका लागि प्रयोग हुने कुकुर पनि परिचालन गरिएको छ ।

आन्दोलनका नेतृत्वकर्ता दुर्गा प्रसाईँ ठिमीबाट सिफलमा आउने तयारीमा रहेका छन् भने उनका समर्थकहरू नाराबाजी गर्दै सिफलतर्फ आइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077