Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आज सिफल चौरमा कार्यक्रम गर्दै दुर्गा प्रसाईं समूह

काठमाडौं । दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउँ महाअभियानले आज काठमाडौँको जय बागेश्वरी पछाडि रहेको सिफल चौरमा कार्यक्रम गर्दैछ ।

काठमाडौँ जिल्ला प्रशासन कार्यालयले तिनकुने क्षेत्रमा कार्यक्रम गर्दा अन्तर्राष्ट्रिय बिमानस्थलमा समेत प्रभाब पर्ने तथा सुरक्षा दिन असहज हुने जनाएपछि सिफल चौरमा कार्यक्रम हुन लागेको हो ।

महाअभियानका सहप्रवक्ता राजानन्द माण्डव्यले सामाजिक सञ्जाल फेसबुकमार्फत काठमाडौं जिल्ला सुरक्षा निकायसँग शुक्रबार भएको छलफलपछि सिफलमा बिहान साढे ११ बजेदेखि कार्यक्रम गर्ने सहमति भएको जानकारी दिए ।

उनले सामाजिक सञ्जालमार्फत काठमाडौं जिल्ला प्रशासनमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र सेनाका उच्च अधिकारीलगायतसँगको छलफलमा आन्दोलन शान्तिपूर्ण तवरले गर्ने, आफ्ना माग र उद्देश्य जनता माझ स्पष्ट पार्ने र कुनै हातहतियार र हिंसात्मक आन्दोलन नगर्ने सहमति भएको बताए ।

उनले भनेका छन्, 'हामी कुनै हिंसा चाहन्नौ तर देशका राजनैतिक दल नसच्चिए देश दुर्घटनामा जाने पक्का छ ।'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077