Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सशस्त्र प्रहरीले गर्‍यो हवल्दारदेखि बरिष्ठ सईसम्मका लागि बढुवाको सूचना

काठमाडौं । सशस्त्र प्रहरी बलले विभिन्न पदमा बढुवाका लागि सूचना प्रकाशित गरेको छ । सशस्त्र प्रहरी हेडक्वार्टर हल्चोकले सूचना प्रकाशित गर्दै बढुवाका लागि आवेदन दिन आह्वान गरेको हो ।

सूचनाअनुसार सशस्त्र प्रहरीको साधारण तर्फका सशस्त्र प्रहरी बरिष्ठ नायब निरीक्षक (बरिष्ठ सई), स्वास्थ्य तर्फका सशस्त्र प्रहरी बरिष्ठ नायब निरीक्षक (बरिष्ठ सई), प्राविधिक सञ्चार तथा इन्जिनियरिङतर्फका सशस्त्र प्रहरी बरिष्ठ नायब निरीक्षक (बरिष्ठ सई), साधारण समूहका सशस्त्र प्रहरी नायब निरीक्षक (असई), बरिष्ठ हवल्दार र हवल्दार बढुवाका लागि योग्यता पुगेका उम्मेदवारलाई आवेदन माग गरिएको छ ।

सूचना अनुसार बरिष्ठ सईका लागि सईले, सईका लागि असई, असईका लागि बरिष्ठ हवल्दारले, बरिष्ठ हवल्दारका लागि हवल्दारले र हवल्दारका लागि सहायक हवल्दारले आवेदन दिनुपर्नेछ ।

आफूलाई योग्य ठानेका सम्भाव्य उम्मेदवारहरुले आफूले प्राप्त गरेको कागजात र प्रमाणपत्रहरुसहित १० दिनभित्र अर्थात् यही १८ गतेभित्र निवेदन दिनुपर्ने सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077