Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बाघको आक्रमणबाट चितवनमा एक जनाको मृत्यु

चितवन । बाघको आक्रमणबाट चितवनमा एक जनाको मृत्यु भएको छ ।

राप्ती नगरपालिका-१ दुबिचौरका ४३ वर्षीय हरि पौडेलको बाघले आक्रमण गर्दा ज्यान गएको हो ।

घाँस काट्नका लागि मकवानपुर जिल्ला मनहरी गाउँपालिका-६ मा पर्ने निकुञ्जको मध्यवर्ती क्षेत्र जोगिताल गएका पौडेललाई बिहान पौने १० बजे तिर बाघले आक्रमण गरेको चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ ।

चितवन निकुञ्ज आसपासमा बाघले मान्छेमाथि आक्रमण गर्ने घटना बर्सेनी हुँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077