Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बन्धक बनाइएका १३ जना इजरायलीलाई शुक्रबार रिहा गर्दै हमास

काठमाडौं । हमासले बन्धक बनाएका मध्ये १३ जना शुक्रबार दिउँसो ३ बजे रिहाई हुने भएका छन् ।

इजरायल र हमासबीच मध्यस्थकर्ताको भूमिका निर्वाह गरिरहेको कतारका अनुसार रिहाई हुनेमा महिला र बालबालिकालाई पहिलो प्राथमिकता दिइएको हो ।

रिहाई हुनेको नाम सार्वजनिक गरिएको छैन । कतारका अनुसार इजरायल र हमासबीचको युद्धविराम शुक्रबार बिहान ७ बजेबाट हुनेछ ।

चार दिनको युद्धविराममा हमासले ५० जना बन्धकलाई रिहाई गर्ने सहमति भएको छ । त्यसवापत् इजरायलले आफ्नो जेलमा रहेको १५० जना प्यालेस्टेनीलाई रिहाई गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077