Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

स्वयंसेवक परिचालनको निर्देशिका निर्माण गर्न कांग्रेस पदाधिकारी बैठक बस्दै

काठमाडौं । भूकम्प प्रभावित जाजरकोट, रुकुम पश्चिमसहितका जिल्लामा पुनर्निर्माण स्वयंसेवक परिचालनको निर्देशिका निर्माण गर्न नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै छ ।

प्रभावकारी हुने गरी स्वयंसेवक परिचालन गर्ने निर्णय गरेको कांग्रेसले निर्देशिका निर्माण गर्न लागेको हो ।

पार्टी सभापति शेरबहादुर देउवाले हिजोको पदाधिकारी बैठकमा स्वयंसेवक परिचालनका लागि निर्देशिका दिएर पठाउनुपर्ने भन्दै आवश्यक छलफल गरी स्वयंसेवकलाई ‘फिल्डमा पठाउन’ निर्देशन दिएका थिए ।

त्यसका लागि आज बैठक बसेर आवश्यक तयारी पूरा गरी केही दिनभित्रै स्वयंसेवक परिचालनको व्यवस्था मिलाउन लागिएको कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077