Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भारतलाई हराउँदै विश्वविजेता बनेको अस्ट्रेलियालाई भारतीय प्रधानमन्त्री मोदीको बधाई

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वकप क्रिकेटको उपाधि छैटौँ पटक जित्न सफल अस्ट्रेलियालाई बधाई दिएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत भारतलाई हराउँदै विश्वकपको उपाधि जितेको अस्ट्रेलियालाई बधाई दिएका हुन् ।

उनले अस्ट्रेलियाका खेलाडीहरुको प्रतियोगितामा प्रशंसनीय प्रदर्शन रहेको बताउँदै उत्कृष्ट विजय हासिल समेत गरेको बताए । साथै उनले ओपनिङ ब्याट्सम्यान ट्राभिस हेडको तारिफ गरे ।

भारतीय प्रधानमन्त्री मोदी पनि विश्वकप क्रिकेट हेर्न रंगशालामा पुगेका थिए । भारतको अहमदावादस्थित नरेन्द्र मोदी क्रिकेट रंगशालामा भएको फाइनलमा भारतलाई ६ विकेटले हराउँदै अस्ट्रेलियाले छैटौंपटक विश्‍वकप उपाधि जितेको हो ।

त्यसअघि टस हारेर ब्याटिङमा आएको भारतले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २४० रनको योगफल खडा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077