काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौंको गौरीघाट र कमलपोखरी पुगेर छठ पूजा गरेका छन् ।
राष्ट्रपति पौडेल आइतबार अपराह्न गौरीघाट र कमलपोखरी पुगेर छठी माताको दर्शनसहित पूजाआजा गरेका हुन् ।
पौडेलले गुह्येश्वरीमा तयार पारिएको छठी माताको दर्शन गरे ।
राष्ट्रपति पौडेल गुह्वेश्वरीमा पुग्दा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती, प्रदेशसभा सदस्य श्रीराम लामिछाने, पशुपति विकास कोषका पदाधिकारी ,आशामान संगत,छठ पूजा आयोजक समितिका पदाधिकारीहरूले स्वागत गरेका थिए ।
यस्तै कमलपोखरीको पूजास्थलमा प्रतिनिधिसभा सदस्य एंव पूर्वमन्त्री गगनकुमार थापा, काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह, उपप्रमुख सुनिता डंगोल, महानगरका वडाअध्यक्षहरु, छठ पूजा आयोजक समितिका पदाधिकारीहरूले स्वागत गरेका थिए ।
यसअघि काठमाडौं महानगरका मेयर बालेन शाह पनि त्यहाँ पगेका थिए । छठ पर्वमा अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गर्ने चलन छ ।
Leave a Reply