Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सर्लाहीमा छठघाटमा डुबेर एक युवकको मृत्यु

सर्लाही । सर्लाहीमा छठघाट निर्माण गर्न खटिएका एक युवकको पोखरीमा डुबेर मृत्यु भएको छ ।

पोखरीमा छठीमाताको पूजा गर्न छठघाट निर्माण गर्नेक्रममा ईश्वरपुर नगरपालिका –६, बयलवासका २२ वर्षीय सन्तोष साहको मृत्यु भएको हो ।

सन्तोषलाई पोखरीको पानीमा डुब्नासाथ उद्धार गरी अमृत हेल्थ केयर बयलवास लगिएको थियो ।

सोही अस्पतालमा उपचारका क्रममा युवकको मृत्यु भएको इलाका प्रहरी कार्यालय केशरगञ्जले जनाएको छ ।

मृतक युवकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077