काठमाडौं । अभियन्ता डा.गोविन्द केसीले यही मंसिर २८ गतेसम्म आफ्ना माग पूरा गर्न सरकारलाई ध्यानाकर्षण गराएका छन् ।
केसीले २८ गतेसम्म पनि माग पूरा नभए २९ गतेदेखि सत्याग्रह लगायतका आन्दोलनका कार्यक्रम सुरु गर्ने चेतावनी दिएका हुन् ।
यसअघि सरकारले माग पूरा गर्ने आश्वासनपछि अनसनको कार्यक्रमलाई मंसिर २८ गतेसम्म सारेका डा.केसीले आइतबार विज्ञप्ति जारी गर्दै आफ्ना माग र समयसीमका विषयमा जानकारी गराए।
डा.केसीले विगतमा भएका सम्झौता, सरकारी स्वास्थ्य केन्द्र र अस्पतालहरूमा निःशुल्क औषधी तथा उपचार व्यवस्था, गेटा मेडिकल कलेजलाई तुरुन्त सन्चालनमा ल्याउने, डडेलधुरा, उदयपुर, ईलाम लगायतमा ऐनमा उल्लेख भएअनुसार प्रत्येक प्रदेशमा कम्तिमा एउटा सरकारी मेडिकल कलेज वा प्रतिष्ठान तुरुन्त निर्माण गर्न उनले माग राखेका छन् ।
Leave a Reply