Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

बैतडी । बैतडीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ५ जना घाइते भएका छन्।

जिल्ला दोगडाकेदार गाउँपालिका-८ बाट वडा नं ३ को सिल्लेगडा आउँदै गरेको से १ ज ६०३ नम्बरको बोलेरो जिप घोडेधारमा दुर्घटना भएको हो।

दुर्घटनामा परी दोगडाकेदार गाउँपालिका 0८ का ३५ वर्षीय अम्मर बिष्टको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

घाइते हुनेमा कलावती बिष्ट, हिरा बिष्ट, रियाग बिष्ट, सुसिला बिष्ट र ६० वर्षीय पदम बिष्ट रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

घाइतेमध्ये २ जनाको अवस्था गम्भीर रहेको छ। घाइतेहरुलाई उपचारको लागि जिल्ला अस्पताल बैतडी ल्याइएको छ।

ग्रामिण सडकमा सवार जिप उकालोमा चड्न नसकेर पछाडि आएपछि दुर्घटना भएको बुझिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077