Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भक्तपुरमा पोखरीमा डुबेर एक जनाको मृत्यु

काठमाडौं । भक्तपुरको दूधपाटीस्थित नपुखु पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भक्तपुर नगरपालिका-४ नासमाना बस्ने वर्ष ५३ को सुमन राजभण्डारी रहेका छन् ।

पोखरीमा मानिस डुबेको भन्ने खबर पाएपछि खटिएको प्रहरीले राजभण्डारीलाई उद्धार गरेर भक्तपुर अस्पताल लगेको थियो ।

अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077