Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बर्दियामा हत्या अभियोगमा सात जना पक्राउ

बर्दिया । बर्दियाको गुलरिया नगरपालिका -६ का २३ वर्षका वरुण घिमिरेको हत्या अभियोगमा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा हत्याका मुख्य अभियोगी सुलभ थापा पनि पक्राउ परेका छन् । घटनामा संलग्न अन्य केही फरार रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

लक्ष्मी पूजाको मध्यरातमा घिमिरेलाई पुरानो रिसईबीका कारण धारिलो हतियार प्रयोग गरि हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

घिमिरेलाई गुलरिया-५ जुस कारखाना नजिक एक समुहले हत्या गरेका थिए । प्रहरीले बर्दिया र भारतीय नाकामा कडाइ गर्दै अभियोगीको खोजी कार्य जारी राखेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077